हिमाल दैनिक
‘छक्का पञ्जा ४’ पछि ‘छ माया छपक्कै २’ बन्ने
rohit-and-deepak
काठमाडौं – निर्माता रोहित अधिकारीले ‘छ माया छपक्कै’ को सिक्वेल निर्माण गर्ने बताएका छन् । गतवर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को सिक्वेल बन्नेबारे रोहितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ‘छ माया छपक्कै २ पक्कै बन्छ, तर धेरै कुराहरु फेरिनेछन्,’ रोहितले लेखेका छन् । यो फिल्मको काम तत्काल भने हुने छैन । फिल्मको कथा दीपेन्द्र लामाले लेखिरहेका छन् । यस्तै फिल्ममा निर्देशन पनि दीपेन्द्रकै रहने बताइएको छ । फिल्ममा दीपकराज गिरीको टिम भने रहनेछ । साथै गिरी टिमले निर्माण गर्ने फिल्म ‘छक्का पञ्जा ४’ पछि मात्र ‘छ माया छपक्कै २’ को काम थालिनेछ । यता रोहितले पनि अनमोल केसीलाई शीर्ष भूमिकामा लिएर अर्को फिल्मको तयारी थालेका छन् । उक्त फिल्ममा दिनेश राउतको निर्देशन रहनेछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update