हिमाल दैनिक
भिटेनको र्‍याप फेरी विवादित, कारबाही गर्न प्रहरीले काट्यो पत्र
v-ten
र्‍यापर भिटेन अर्थात् समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठाएको छ। एक हप्ता अघि भिटेनले सार्बजनिक गरेको मुजिक भिडियो ‘पारा’ मा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै उनलाई कारबाही गर्न प्रहरीले ब्युरोलाई पत्र पठाएको हो । ६ दिन अघि युटुबमा सार्बजनिक गरेको भिडियो भिडियो अहिले ट्रेन्डिङमा पहिलो नम्बरमा छ । गीतका कारण भिटेन प्रहरीको फन्दामा परेको यो पहिलो पटक भने होइन । एक वर्षअघि पनि उनको एउटा मुजिक भिडियोलाई लिएर उनलाई पक्राउ गरेका थिए। प्रहरीले उक्त गीत युटुबबाट हटाउन समेत लागेको थियो । https://www.youtube.com/watch?v=uqQQxHVjb5k
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update