हिमाल दैनिक
ड्राइभरमा कोरोना देखिएपछि सलमान आइसोलेसनमा
salman-khan
बलिउड अभिनेता सलमान खानको ड्राइभर सहित ३ अन्य स्टाफमा कोरोना पुष्टि भएको छ। उनिहरुमा कोबिडको संक्रमण देखिएपछि सलमान अहिले सेल्फ-क्वारिनटाइन बसेका छन्। आज उनि सहित उनको परिवारको पिसिआर परिक्षण गरिने भारतीय संचार मध्यमले जनाएको छ। संचार मध्यमका अनुसार सलमानको ड्राइभरमा पहिले कोरोनाको लक्षण देखिएको थियो। त्यसपछि सलमानले आफ्नो स्टाफको कोरोना परिक्षण गराउंदा थप दुईमा संक्रमण देखियो। उनि लकडाउन भरि आफ्नो पनबेलमा रहेको फर्म हाउसमा बसेका थिए। भारतमा लकडाउन खुलेसंगै सलमान पछिल्लो समय टिभी रियालिटी शो बिग-बासलाई होस्ट गरेका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update