हिमाल दैनिक
सुशान्तको मृत्युबाट एक युटुबरले कमाए १५ लाख रुपैयाँ
Sushant-Singh-Rajput
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि युटुबमा गलत खबर प्रशारण गरेर एक युटुबरले १५ लाख कमाएको छ । मुम्बई पुलिसले सुशान्तको मृत्युको बारेमा भ्रमपूर्ण खबर युटुबमा पोस्ट गरेको भन्दै बिहारबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने बिहारका २५ बर्षिय राशिद सिद्दीकी रहेका छन् । उनि एक सिभिल इन्जिनियर हुन्। उनले युटुबमा 'एफएफ न्यूज' नामको च्यानल खोलेका छन् । पुलिसका अनुसार रशिदले ४ महिनामा १५ लाख रुपैया कमाए। शिव शेनाको लिगल सेल गरेका वकिल धर्मेन्द्र मिश्राले उक्त मुद्दा दर्ता गरेका हुन् । मिश्राले सिद्दीमाथि मानहानि, सार्वजनिक रूपमा बदनाम गरेको र नियतबस अपमान गरेको आरोप लागेका छन्। मुम्बई पुलिस, महाराष्ट्र सरकार, मन्त्री आदित्य ठाकरे र बलिउड अभिनेता अक्षय कुमार विरुद्ध पनि सिद्दिकीले भिडियो बनेका थिए । उनले एक भिडियोमा अक्षयले रिया चक्रवर्तीलाई क्यानाडामा लुकाएको आरोप लगाएका थिए। त्यो भिडियो भारतमा निकै भाइरल बन्यो । त्यस पश्चात अक्षयले सिद्दीकी विरुद्ध ५०० करोडको मानहानि मुद्दा दर्ता गरेका थिए। पुलिसले गरेको अनुसन्धान अनुसार सुशान्तको मृत्युलाई लिएर बनाएको भिडियोहरुबाट नै सिद्दिकीले अहिलेसम्म ६ लाख ५० हजार कमाएको बताइएको छ। सुशान्तको मृत्यु पछि सिद्दिकीसंग कुल २ लाख सब्सक्राइबर थिए। अहिले त्यो बढेर ३ लाख ७० हजार पुगेको छ । यस अघि मुम्बई साइबर पुलिसले दिल्लीको वकिल विभोर आनन्दलाई गिरफ्तार गरेका थिए। उनले राजपुतकी मृत्यु बारे भ्रमपूर्ण भिडियो बनेको र मुम्बईको मुख्यमन्त्री उद्धव ठाकरे र आदित्य ठाकरेलाई अपशब्द प्रयोग गरेको आरोप थियो। सुशान्तको मृत्युपछि उब्जिएको अनुसन्धानलाई लिएर धेरै मिडियाहरु पैसा कमाएको मुम्बई पुलिसले जनाएको छ । अपार्टमेन्टमा झुडिएको अवस्था भेटिएको सुशान्तको शव पश्चात उनले आत्मा हत्या गरेको हो वा हत्या भन्ने सबैको मनमा कौताहुल्ता जागेको थियो । अनुसन्धानका क्रममा मिडियाहरुले फरक-फरक एङ्गलमा रिपोर्ट पेस गर्दै गएपछि त्यसको मौका छोपी विभिन्न मिडिया र युटुबरले यसलाई कमाई खाने भाडोको रुपमा प्रयोग गरे । एजेन्सीको सहयोग
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update