हिमाल दैनिक
प्रेम दिवसको अवसरमा 'प्रेमगन्ज'को घोषणा
premgunj
प्रेम दिवसको अवसरमा 'प्रेमगन्ज' नामक चलचित्रको औपचारिक घोषणा भएको छ । बिगत २५ बर्ष देखि नेपाली चलचित्र क्षेत्रमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुईयालको निर्देशनमा उक्त चलचित्र भन्ने भएको छ । प्रेम दिवसको अवसर पारेर फुईयाल सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र “प्रेमगन्ज”को औपचारिक घोषणा गरेका हुन् । चलचित्र पूर्ण त प्रेमकथामा आधारित हुने बताइएको छ । राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति इन्डियामा छन् । उनले सगुन देखि “ए मेरो हजुर ३” सम्म आउदा लगभग तीन सय बढी चलचित्रमा काम गरिसकेका छन् । उनि यो चलचित्र क्षेत्रमा पाईला राख्दा जम्मा ११ बर्षका थिए । आफ्नो जीबनको आधि हिस्सा चलचित्र क्षेत्रलाई दिएका राजुलाई अब चलचित्र क्षेत्रले के दिन्छ ? त्यो भने अब हेर्न बाकीं छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । यस चलचित्रका कलाकार भने फाइनल हुन बाँकी रहेका छन् । यो चलचित्र “चलचित्र चौतारी” को ब्यानरमा निर्माण हुन लागेको हो ।
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update