हिमाल दैनिक
प्रधानमन्त्री ओलीलाई यदुरामको जन्मदिनकाे उपहार 'श्री ३ नयाँ राजारानी'
shree-3 raja rani
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विगठन गरेको बिषय बस्तुमा आधारिक एक गीत' श्री ३ नयाँ राजारानी ' सार्बजनिक भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विगठन गरेको गलत भएको भन्दै कलाकार यदुराम सापकोटाले यो गीत सार्बजनिक गरेका हुन् । उनले आफ्नो सामाजिक संजालमा यो गीत सरकारको प्रतिगामी र असंवैधानिक कदमविरुद्ध , भ्रष्टहरुविरुद्ध निर्माण गरिएको जानकारी दिएका छन्हु।उनले लेखेका छन्, 'यो गीत प्रतिगामीहरुको कानसम्म थर्काउनुपर्छ, भष्ट्रहरुको मुटु चस्किनुपर्छ ,प्रतिगमन विरुद्ध चोक चोकमा र घरघरमा यो गित गुञ्जीनुपर्छ भन्ने मेरो अपेक्षा हो। ' https://www.youtube.com/watch?v=754b_xD0K5c यस गीतमा आफ्नो शब्द र लय रहेको छ भने गायक गायिकाको नाम, छायाङ्कन र रेकडीङ युनिटको नाम सम्झौता बमोजीम उल्लेख नगर्ने जानकारी दिएका छन्। यो गीत युटुभमा रिलिज भएको केवल ६ घण्टा भएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं जन्म दिन पनि रहेको छ । उनले छायाङ्कन युनिट र रेकडीङ युनिटले, केही भिडीयो फुटेज र १/२ वटा शब्दलाई परिमार्जन गर्न आग्रह गरेपछि युटभमा सेयर गर्न ढिला भएको पनि जानकारी दिए।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update