हिमाल दैनिक
चैडविक बोसमैनले जीते गोल्डन ग्लोब बेस्ट एक्टरको अवार्ड
Chadwick Boseman
हलिउडको चर्चित अवार्ड गोल्डन ग्लोब अवार्डको ७८ औं संस्करण सम्पन्न भएको छ । नेपाली समय अनुसार ६:४५ मा भएको उक्त अवार्ड शोमा कोरोनालाई मध्यनजर राखेर भर्चुअल रुपमा अवार्ड वितरण गरिएको थियो । चैडविक बोसमैनलाई मोशन पिक्चरको ड्रामा कैटेगरीमा 'मा रैनीज ब्लैक बॉटम'लाई बेस्ट एक्टर अवार्ड दिएको थियो। बोसमैन सन् २०२० को अगस्त २८ मा ४३ बर्षको उमेरमा क्यान्सरका निधन भएको थियो। उनले सन् २०१८ मा 'ब्लैक प्यान्थरमा' फिल्ममा खेलेका थिए। बोसमैनको अवार्ड उनकी श्रीमती टेलर सिमोन लेडवार्डले स्वीकारेकी थिइन्।  त्यस्तै टिभीको ड्रामा कैटेगरीमा 'द क्राउन'ले बेस्ट सीरीज, बेस्ट एक्ट्रेस, बेस्ट एक्टर र बेस्ट स्पोर्टिंग एक्ट्रेसको अवार्ड आफ्नो नाम गरेको थियो। गोल्डन ग्लोब अवार्ड २०२१ को नोमिनेसन ३ फरवरीमा सार्बजनिक गरिएको थियो। यसलाई हलिउड फरेन प्रेस एसोसिएशनले आयोजना गरेको थियो । यस मा सन् २०२० को पुरै बर्षको फिल्म र सन् २०२१ को सुरुवातमा रिलिज भएको फिल्म र टिभी सिरिजलाई सम्मानित गरेको थियो। मोशन पिचर कैटेगरीमा डेविड फिन्चरको फिल्म 'मांक' के सबै भन्दा बढी( 6 कैटेगरीज) मा नोमिनेसन भएको थियो जसमा बेस्ट पिक्चर, बेस्ट एक्टर र बेस्ट सपोर्टिंग एक्ट्रेस रहेको थियो। एरोन सोर्किनको 'द ट्रायल अफ द शिकागो ७' पाँच कैटेगरीमा नोमिनेसन भएको थियो। टिभीको ड्रामा सीरीजमा नेट-फ्लिक्सको 'द क्राउन' लाई बेस्ट सीरीज, बेस्ट एक्टर र एक्ट्रेस समेत ६ नोमिनेसन लिएको थियो भने 'स्चिट्स क्रीक' लाई म्यूजिकल/ कमेडी सीरीजमा पाँच नोमिनेसन हासिल गरेको थियो। बिजेताहरुको लिस्ट:
कैटेगरी विनर फिल्म/टीवी सीरीज
बेस्ट मोशन पिक्चर (फरेन ल्याङ्ग्वेज ) मीनारी (यूएसए)
बेस्ट टीवी सीरीज (म्यूजिकल/कमेडी) शिट्स क्रीक
बेस्ट टीवी सीरीज (ड्रामा) द क्राउन
बेस्ट टीवी एक्टर (ड्रामा) जोश ओ कॉनर द क्राउन
बेस्ट टीवी एक्ट्रेस (ड्रामा) एमा कोरिन द क्राउन
बेस्ट सपोर्टिंग एक्ट्रेस (टीवी सीरीज- ड्रामा) गिल्लन एंडरसन द क्राउन
बेस्ट एक्ट्रेस (टीवी सीरीज- म्यूजिकल/ कमेडी) कैथरीन ओ हारा शिट्स क्रीक
बेस्ट एक्टर (टीवी सीरीज- म्यूजिकल/ कमेडी) जैसन सुडेकिस टेड लासो
बेस्ट टीवी एक्ट्रेस (मोशन पिक्चर- म्यूजिकल /कमेडी) रोजामुंड पाइक आई केयर अ लाट
बेस्ट मोशन पिक्चर (ड्रामा) नोमाडलैंड
बेस्ट डायरेक्टर (मोशन पिक्चर) क्लोए झाओ नोमाडल्याण्ड
बेस्ट एक्टर (मोशन पिक्चर- म्यूजिकल/कमेडी) सचा बैरोन कोहेन बोराट सब्सइक्वेंट मूवीफिल्म
बेस्ट एक्टर (मोशन पिक्चर- ड्रामा) चैडविक बोसमैन मा रैनीज ब्लैक बॉटम
बेस्ट एक्ट्रेस (मोशन पिक्चर- ड्रामा) एन्ड्र डे द यूनाइटेड स्टेट वर्सेस बिली हॉलिडे
बेस्ट मोशन पिक्चर (म्यूजिकल/ कमेडी) बोराट सब्सइक्वेंट मूवीफिल्म
बेस्ट सपोर्टिंग एक्ट्रेस (मोशन पिक्चर) जोडी फास्टर द मारिटानियन
बेस्ट लिमिटेड सीरीज, एन्थालोजी सीरीज वा टिभीका लागि बनाइएको मोशन पिक्चर द क्वींस गैम्बिट
बेस्ट एक्टर (लिमिटेड सीरीज,एन्थालोजी सीरीज वा टिभीका लागि बनाइएको मोशन पिक्चर) मार्क रेफेलो आई नो दिस मच इज ट्रू
बेस्ट एक्ट्रेस (लिमिटेड सीरीज, एन्थालोजी सीरीज वा टिभीका लागि बनाइएको मोशन पिक्चर) आन्या टेलर- जोय द क्वींस गैम्बिट
बेस्ट मोशन पिक्चर (एनिमेटेड) सोल
बेस्ट सपोर्टिंग एक्टर (टिभी सीरीज) जोन बोयेगा स्मोल एक्स
बेस्ट सपोर्टिंग एक्टर (मोशन पिक्चर) डेनियल कलूया जुडास एंड द ब्लैक मेसिया
रेसिपिएंट अफ दि ईयर नार्मन लेअर
रेसिपिएंट अफ द ईयर (सेसिल बी. डेमिले अवार्ड) जेन फन्दा
बेस्ट स्क्रीन प्ले (मोशन पिक्चर) एरोन सोर्किन द ट्रायल अफ द शिकागो ७
बेस्ट ओरिजिनल सॉन्ग (मोशन पिक्चर) इओ सी (डीएन वॉरेन, लारा पौसीनी और निकोलो एग्लियार्डी) सीन
बेस्ट ओरिजिनल साउंड स्कोर (मोशन पिक्चर) ट्रेन्ट रेजनोर, एटिकस रोज, जोन बटिस्टे सोल
एजेन्सीको सहयोगमा
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update