राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ।
थापाले बिहिबार ट्वीटरमार्फत आफूलाई कोरोना पुष्टि भएको बताएका हुन्।
उनले कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिँजो सामान्य टाउको दुखाइको कारण कोभिड–१९ पिसिआर परिक्षण गर्दा आफ्नो रिपोर्ट पोजेटिभ देखिएको बताएका छन्।
उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै केही दिन यता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सर्तक रहन पनि आग्रह गरेका छन्।
नेपालमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुमा संक्रमण देखिनेमा कार्यकारी प्रमुखको तहमा संक्रमित हुने नेतामा थापा नै पहिलो हुन्।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्


