हिमाल दैनिक समाचार प्रभावः कांग्रेसको वेवसाइटमा नयाँ नक्सासहित सभापतिको फोटो थपियो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फोटो र सन्देशसँगै पार्टीको ऐतिहासिक परिचय समेत नराखी बनाइएको कांग्रेसको वेवसाइटमा हल्का सुधारको थालनी भएको छ।
कांग्रेसको नयाँ वेवसाइटको गृहपृष्ठमा हल्का परिमार्जन गरी नेपालको नयाँ नक्सा राखिएको छ भने, त्यसपछि सभापति देउवाले १३औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गरेको फोटो राखिएको छ।
त्यसपछिको स्लाइट फोटो फिचरमा खुलामञ्चमा उपस्थित कार्यकर्ताको फोटो छ भने त्यसपछिको स्लटमा संविधान सभाबाट नयाँ संविधान जारी गर्नेक्रममा तत्कालिन राष्ट्रपति रामवरण यादवले संविधानको पुस्तक ढोग्दै गरेको तथा साइडमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले हात हल्लाउँदै गरेको फोटो राखिएको छ।
त्यसपछिको स्लाइड फोटोमा शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गरेका पूर्व सभापति गिरिजाप्रसाद कोइराला र तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहालको फोटो राखिएको छ।
पार्टीको पुरानो वेवसाइटलाई बदलेर भदौ २४ गते नयाँ साजसज्जा र तामझामका साथ सार्वजनिक गरिएको नयाँ वेवसाइटमा सामान्य प्रचलन अनुसार संस्थाको कार्यकारी प्रमुखको फोटो र सन्देश केही नराख्ने मात्र होइन, गृहपृष्ठमा पार्टीको जानकारीबारे केही नराखेपछि हिमाल दैनिकले गत शुक्रबार समाचार प्रकाशित गरेको थियो।
कांग्रेसको सबै अट्ने ‘डिजिटल हाउस’, सभापतिको सन्देशमात्रै हाेइन पार्टीकै परिचय समेत...
यसरी सभापतिको फोटो र सन्देशरहित वेवसाइट मात्र होइन, पार्टीको ऐतिहासिक जानकारीको स्थान ‘हाम्रा बारेमा’ शीर्षकको मेनूमा प्रचार विभाग र त्यस अन्तर्गतको उपसमितिको नाम राखेको समाचार प्रकाशित भएपछि वेवसाइट बनाउने जिम्मा लिएका प्रवक्ता एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको पार्टीभित्रै आलोचना भएको थियो। उक्त समाचारको कारण आलोचना खेपेका शर्माले यसअघिको त्रुटि सच्याएर सभापतिको तस्विर राखेपनि सभापतिको सन्देश तथा पार्टी परिचय भने अझै राखिसकेका छैनन्। सोमबारसम्म कुनै सुधार नगरिएको वेवसाइटमा मंगलबार फोटो फिचर थपिए पनि अझै कपितय प्राविधिक र तथ्यगत त्रुटिहरु सच्याउन बाँकी नै छ।https://www.nepalicongress.org/
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय