हिमाल दैनिक
ओली मात्रै होइन, भट्टराईलाई पनि रअ प्रमुख गोयलले भेटेको भारतीय संचारमाध्यमको दाबी
baburam-bhattrai-goel
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीका अतिरिक्त पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेको समाचार बाहिर आएको छ। गत बुधबार एकाएक भारतीय एयरफोर्सको विशेष विमानबाट काठमाडौं आएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग घण्टौं भेटवार्ता गरी बिहिबार फर्किएपछि उक्त भेटवार्ताको विषयमा राजनीतिकसँगै कुटनीतिक मर्यादाको प्रश्न उठिरहेकै बेला गोयल र भट्टराईबीच पनि भेटवार्ता भएको समाचार सार्वजनिक भएको हो। भारतीय अनलाइन पत्रिका ‘दि प्रिन्ट’मा मंगलबार प्रकासित लेखमा ज्योति मलहोत्राले लेखेको लेखमा गोयलले प्रधानमन्त्री ओलीको अलवा नेता भट्टराईसँग पनि भेटवार्ता गरेको र नेता भट्टराईलाई कोरोना पोजेटिभ देखिएपछि रअ प्रमुख गोयल पनि कन्ट्याक्ट ट्रेसिङमा परेको हुनसक्ने उल्लेख छ। प्रधानमन्त्री ओलीका अतिरिक्त अन्य कुनै दलका नेताहरुसँग भेटवार्ता नभएको भनि समाचार बाहिर आइरहेकै बेला भारतीय संचारमाध्यमले नै भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गरी लामो समय भारतमा भूमिगत राजनीतिक जीवन विताएका भट्टराईलाई पनि गोयलले भेटेको भन्ने समाचारले विशेष चर्चा पाएको छ। तर, भट्टराईका सहयोगी विश्वदिप पाण्डेले भने रअ प्रमुखलाई नेपाल किन बोलाइएको र के कुरा भयो त्यो भेट्नेलाई थाहा होला तर, कोभिड–१९ संक्रमणपछि आइसोलेशनमा बसेका नेता भट्टराईलाई भेटेको भन्ने समाचार सत्य नभएको आफ्नो ट्वीटरमार्फत बताएका छन्। तर, पाण्डेले गरेको दाबी अनुसार, गोयलसँगको भेटको समय भट्टराईलाई कोरोना पुष्टि भइसकेको थिएन। गोयल कार्तिक ५ गते बुधबार नेपाल आएर ६ गते बिहिबार मात्रै दिल्ली फर्किएका थिए। जब कि भट्टराई दम्पत्तिको स्वाव परिक्षण कार्तिक ७ गते गरिएको र ८ गतेमात्रै उनले आफूहरु आइसोलेशनमा बसिरहेको जानकारी ट्वीटरमार्फत दिएका थिए।

यस सम्बन्धी थप समाचार:

‘अस्वस्थ मानसिकता’ बोक्नेले ओली–गोयलबीचको भेटवार्ताको विरोध गरेः उपप्रधानमन्त्री पोखरेल
प्रम ओलीलाई प्रवक्ता श्रेष्ठको प्रश्न: रअ प्रमुख समकक्षी हो र, भेटेको?
प्रधानमन्त्रीज्यू, रअ प्रमुखसँगको भेटवार्ताबारे देश र जनतालाई प्रष्ट्याउनुहोस्ः निधि
रअ प्रमुख गोयलसंगै लिम्पियाधुराको चुच्चो पनि गयो!
नेपाल–भारत सम्बन्ध कुटनीतिक-राजनीतिक आधारमा चल्छ कि गुप्तचरको निर्देशनमा?
देउवा, दाहाल र नेपालद्वारा गुप्तचर प्रमुख गोयलसँग कुनै भेटवार्ता नभएको स्पष्टोक्ति
प्रम ओलीद्वारा रअ प्रमुख गोयलसँग गोप्य भेटवार्ता गरेको सगौरव स्वीकारोक्ति
भारतीय गुप्तचर प्रमुख गोयल अचानक काठमाडौंमा, राष्ट्रिय स्वाधिनता र सुरक्षा नीतिमा गम्भीर प्रश्न
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update