
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज बिहान ९ बजे सुरु भएको नियमित मन्त्रिपरिषदको बैठक एक घण्टा चलेको थियो। सोमबार बस्ने गरेको बैठक आज बिहान बसिएको हो।
त्यस्तै आज प्रधानमन्त्री केपी शर्माले ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरेका छन्।
फाइल फोटो[/caption]
पार्टीभित्रको आन्तरिक विवादका कारण समस्या झेलिरहेका प्रधानमन्त्रीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरेका हुन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट नेताहरुको तर्फबाट द्वितीय अध्यक्ष पुष्पकमल दाहालले नै अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध भ्रष्टाचार लगायतका गम्भीर आरोप लगाएपछि समस्यामा परेका ओलीले आफ्नै पार्र्टीको बैठक भन्दा सर्वदलीय बैठकमा जोड दिएका हुन्।
प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आव्हान, कांग्रेस प्रम ओलीविरुद्ध खनिने तयारीमा
[caption id="attachment_14271" align="alignnone" width="1920"]
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय