सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगे पनि सभामुख सापकोडा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । प्रधानमन्त्रीको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रतिपक्ष दलको नेता, प्रधान न्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् ।
संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठक बस्न ६ सदस्यीय परिषद्का कम्तीमा पाँच जना उपस्थित हुनै पर्ने प्रावधान रहेको छ । उपसभामुख पद अहिले रिक्त रहेकाले बैठकका लागि अहिले कायम रहेका पाँचै जना अनिवार्य उपस्थित हुनै पर्ने अवस्था छ । यस्तोमा सभामुख सापकोटा नगएपछि बैठकमा कोरम नपुगेको हो । विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नहुनुभएको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निवार्चन आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक राखिएको हो ।
फोटो: प्रधानमन्त्री प्रेस सल्लाहकार फेसबुक[/caption]
फोटो: प्रधानमन्त्री प्रेस सल्लाहकार फेसबुक[/caption]
प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका सबै संवैधानिक निकायमा पदपूर्ति गर्नु पर्ने भएको कारण देखाउदै आइतबार परिषदको बैठक बोलाएको थिए। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा बैठकमा उपस्थित नभएपछि कोरम नपुगेका कारण उक्त दिनको बैठक स्थगित भएको थियो ।
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका सभापति शेरबहादुर देउवालाई उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषद्को बैठकमा जान सुझाव दिएका छन् ।
यो पनि पढ्नुहोस्:
नेकपाकाे अन्तरिक विवाद संवैधानिक परिषदमा छताछुल्ल
[caption id="attachment_26997" align="alignnone" width="960"]
सभामुख अनुपस्थित भएपछि बैठक स्थगित भएको छ । १३ महिना पछि बसेको संवैधानिक परिषदको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तरिक विवादले प्रभावित भएको छ ।
संवैधानिक परिषद् बैठक सुरु, सभामुख सापकोटा भने अनुपस्थित
[caption id="attachment_26997" align="alignnone" width="960"]
उपसभुख चयनपछि मात्र संवैधानिक परिषद बैठकमा जान थापाको देउवालाई सुझाव

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय