हिमाल दैनिक
भारतीय गुप्तचर संस्था रिस्चार्ज एण्ड एनालिसिस विङ्ग (रअ) का प्रमुख समानता कुमार गोयलसंग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गोप्य भेटवार्तालाई ओलीकै पार्टीमा प्रवक्ता नारायणकाजी श्रेष्ठले इतिहासकै पहिलो घटना भन्दै गम्भीर प्रश्न उठाएका छन् । बुधबार भारतीय एअर फोर्सको बिमानबाट काठमाडौँ आएर सोझै प्रधानमन्त्री ओलीसंग बालुवाटारमा रहस्यमय भेटवार्ता गरि रअ प्रमुख गोयल बिहिबार फर्किएका थिए। उक्त भेटवार्ताको बिषयमा चार दिनसम्म मौनता साँधेर बसेका प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो निजि विचार भन्दै कुटनीतिक मर्यादा विपरित भारतका रअ प्रमुखसंग प्रधानमन्त्रीले किन भेट गरेको भन्दै प्रश्न गरेका छन्। आधुनिक बिज्ञान र प्रविधिको जमानामा चार दिनसम्म प्रतिक्रियाबिहिन भएका श्रेष्ठले आफु गृहजिल्ला र चितवन भ्रमणमा रहेको र बल्ल थाहा पाएको जस्तो गरि आज मात्रै प्रधानमन्त्रीको भेटवार्ता बारे आफ्नो धारणा व्यक्त गरे। प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाको प्रमुखलाई कुटनीतिक मर्यादा विपरित आफ्नो समकक्षीझैँ गरि औपचारिक वार्ता गरेको भन्दै यो अत्यन्त ठुलो आरोप समेत लगाएका छन्। 'मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।' उनले भने। नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो भन्दै उनले त्यो नभएको स्पष्ट भई सकेको बताएका छन्। 'बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो।तर त्यस्तो पनि देखिएन । ' श्रेष्ठले भन्दै 'त्यसैले गम्भीर प्रश्न उठ्छ,बिदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट, कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन?' साथै श्रेष्ठले यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र नभएको बताउदै भनेका छन् 'अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।' यस बिषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुदेखि सत्ता पक्ष नेकपाकै नेता भिम रावलले समेत आपत्ति जनाएका छन।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update