हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओलीले पेश गरेको प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिइएको छ । ३८ पुष्ठको प्रतिवेदनबाट उनले पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् । त्यस्तै अध्यक्ष ओलीले एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमा? भन्दै प्रश्न गरेका छन् । पछिल्लो चुनावी प्रसंगलाई जोड्दै ओलीले बाह्य शक्तिको दवाव र प्रभावमा प्रचण्ड परेको आरोप पनि प्रतिवेदनमा लगाइएको छ । ओलीले पार्टी एकता भए पनि नेकपा एमाले र पूर्व माओवादीको गणितीय समीकरणको खेल सुरु भएको उल्लेख गरेका छन् । नेकपा सचिवालयको अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्ने र अध्यक्षद्वयले राख्नुभएको प्रस्तामाथि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । शनिबारको बैठकमा ओलीसहित प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतमले धारणा राखेका थिए । यसअघि कातिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए । सहमति गरेर प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने अडान ओलीले राखे पनि प्रचण्ड सहमत नभएपछि नेकपा भित्रको बिबाद चुलिएको छ । नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । [pdf-embedder url="https://www.himaldainik.com/wp-content/uploads/2020/11/KP-Olis-response.pdf" title="KP Oli's response"]
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update