नेकपा प्रवक्ता अध्यक्ष दाहाललाई भेट्न खुमलटारमा

विवादस्पद अडियो प्रकरणमा तानिएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीका द्वितीया अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार गएका छन्।
पार्टीका पूर्व नेता कमान सिंह लामासंग आर्थिक लेनदेन बारे विवादस्पद अडियो बाहिर आएपछि श्रेष्ठको बिषयमा सामाजिक संजालमा उनैका पार्टीका नेता असन्तुष्ट पक्षहरुले प्रश्न उठेका छन्।
गत फागुनमा तत्कालिन संचारमन्त्री एवम प्रधानमन्त्री केपी शर्मा ओलीका निकै नै प्रिय पात्र गोकुल प्रसाद बास्कोटा र एक बिचौलिया बिजय मिश्रबीच ७० करोड कमिसनको बिषयमा भएको वार्ताको अडियो सार्वजनिक भएको थियो । जसमा श्रेष्ठले बास्कोटामाथि नैतिकताको प्रश्न उठाउदै राजिनामा दिन माग गरेका थिए ।
करिब ९ महिनापछि उनकै अडियो सर्बत्र भएपछि उनले बास्कोटालाई नैतिकताको प्रश्न उठाए जस्तै अहिले उनि माथि नै दबाब परेको सामाजिक संजालमा देखिन थालेको छ ।
यसरी श्रेष्ठ र लामाबीच भएको अडियोको हिसाब किताब र लामाले केहि दिन अघि स्ट्याटसमा उल्लेख गरेको रकमको संख्या मिल्दोजुल्दो देखिन्छ । उक्त अडियोको आवाज श्रेष्ठ र लामाबीचको वार्तालाभ हो वा होइन भन्ने अधिकारिक पुष्टि भने हुन बाँकी नै छ । यदि यो अडियो लामा र श्रेष्ठबीचको कुराकानी नै रहेको भन्ने अधिकारिक पुष्टि भएमा यसले नेकपा प्रवक्ता श्रेष्ठको राजीनितिक र सामाजिक प्रतिष्ठामा गम्भीर प्रश्न खडा गर्न सक्ने सम्भावना देखिन्छ ।
https://www.himaldainik.com/26819/2020/
कमान सिंह मृत्यु लगत्तै विवादमा तानिए नारायणकाजी

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय