सभामुख अनुपस्थित भएपछि बैठक स्थगित भएको छ । १३ महिना पछि बसेको संवैधानिक परिषदको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तरिक विवादले प्रभावित भएको छ ।
नेकपाको दुई खेमाबीचको जुहारीमा नेताहरुबीच कित्ताकाट भईराखेको बेला पार्टी सदस्यताबाट राजिनामा दिएर स्वतन्त्र भएको बताउदै आएका सभामुख अग्निप्रसाद सापकोटा द्वितीया अध्यक्ष पुष्पकमल दाहालको भावना र चाहना बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको बिपक्षमा उभिएपछि स्वतन्त्र रहेको आफ्नै दाबी खण्डन गरेका छन् ।
संवैधानिक परिषद बैठकको कोरम पुग्न कम्तिमा ५ सदस्य उपस्थित हुनु पर्नेमा सभामुख सापकोटा अनुपस्थित रहेपछि बैठकको प्रक्रिया अगाडी बढ्न नसकेको हो । रणनीतिक रुपमा उपसभामुख पद खाली राख्दै र बैठकमा हरेक बिषयमा बिपक्षीलाई दोष लाउदै आएका प्रधानमन्त्रीको आहवानमा बिपक्षी दलका नेता एवम सभापति शेरबहादुर देउबा उपस्थित हुँदा आफ्नै दलबाट सभामुख पदमा निर्वाचित भएका सभामुख भने बैठकमा अनुपस्थित रहे।
सभामुखको अनुपस्थितिले सत्तारुढ दल भित्रको अन्तरिक विवादलाई संवैधानिक परिषद र राज्यका संवैधानिक निकायहरुमा समेत गाँजेको छ।
फोटो: प्रधानमन्त्री प्रेस सल्लाहकार फेसबुक[/caption]
प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका सबै संवैधानिक निकायमा पदपूर्ति गर्नु पर्ने भएको कारण देखाउदै आइतबार परिषदको बैठक बोलाएको थिए। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा बैठकमा उपस्थित नभएपछि कोरम नपुगेका कारण उक्त दिनको बैठक स्थगित भएको थियो ।
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका सभापति शेरबहादुर देउवालाई उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषद्को बैठकमा जान सुझाव दिएका छन् ।
यो पनि पढ्नुहोस्:
संवैधानिक परिषद् बैठक सुरु, सभामुख सापकोटा भने अनुपस्थित
[caption id="attachment_26997" align="alignnone" width="960"]
फोटो: प्रधानमन्त्री प्रेस सल्लाहकार फेसबुक[/caption]
प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका सबै संवैधानिक निकायमा पदपूर्ति गर्नु पर्ने भएको कारण देखाउदै आइतबार परिषदको बैठक बोलाएको थिए। तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा बैठकमा उपस्थित नभएपछि कोरम नपुगेका कारण उक्त दिनको बैठक स्थगित भएको थियो ।
उपसभुख चयनपछि मात्र संवैधानिक परिषद बैठकमा जान थापाको देउवालाई सुझाव
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीका सभापति शेरबहादुर देउवालाई उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषद्को बैठकमा जान सुझाव दिएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


