नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको उनका प्रेस सल्लाहकार थापाले बताए । आज अपराह्न १ बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिलो बस्न थालेको हो । आजै बिहान पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । उनिहरुबीच भएको छलफलपछि मात्र बैठक बस्न थालेको हो ।
यसअघि गत मङ्सिर २८ गते बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगन भई आजका लागि डाकिएको थियो ।
आठ महिना अघि चार दिनसम्म टिकेका प्रधानमन्त्री केपी शर्मा ओली यसपटक २४ वित्न नपाउँदै आफूले सनकको भरमा जारी गरेको संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश फिर्ता लिन सहमत भएका छन्।
पार्टीभित्रको आन्तरिक विवाद र किचोलोबाट विरक्तिएका प्रधानमन्त्री ओलीले मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक पदीय मर्यादा र दायित्वको दुरुपयोग गर्दै ऐनमा आफूखुशी निर्णय अधिकारको प्रावधान राखेर अध्यादेश जारी गराएका थिए।
सनक र लहडको भरमा जारी गरेको अध्यादेश फिर्ता लिन ओली सहमत, विशेष अधिवेशनको बिगुल बज्दै बजेन!

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय