मन्त्रिपरिषदको निर्णय लिएर ओली शितल निवास लम्किए

प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको शिफारिस लिएर राष्ट्रपति निवास शितल निवास पुगेका छन्।
आइतबार बिहान प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक डांकी प्रतिनिधिसभा विघटनको निर्णय गराएर अहिले शितल निवास पुगेका हुन् । अब राष्ट्रपतिले उक्त निर्णय सदर गरेमा आजबाट प्रतिनिधिसभा भंग हुनेछ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तरिक किचलोबाट बिछिप्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र परिवर्तनलाई नै फेरी धराप पारेका छन्।
आन्दोलनको समयमा ‘बयल गाढा चढेर अमेरिका पुग्न सकिन्न’ भन्ने अभिव्यक्ति दिएर बिशेष चर्चा कमाएका ओलीले सिंगो व्यवस्थालाई नै ढेला गाढामा राखेर खाडीमा धकल्ने काम गरेका छन्। पार्टीभित्र असन्तुष्ट पक्षले विधि र प्रक्रिया अनुसार चल्न दबाब दिएपछि त्यसबाट विमुख बन्दै गएका ओलीले एकाएक आइतबार बिहान मन्त्रिपरिषदको बैठक मार्फत प्रतिनिधि सभाको विघटन शिफारिस गर्ने निर्णय गरेका हुन् ।
बयल गाढामा नभए नि ठेला गाढाबाट व्यवस्था धकेले ओलीले

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय