हिमाल दैनिक
नेपालमा संसदीय व्यवस्था असफल भयो: वैद्य
mohan-baidya
नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको बिघटन संसदीय व्यवस्थाको असफलता भएको बताएका छन् । नेकपा क्रान्तिकारी माओवादी ३ नंं प्रदेशले २६ औं जनयुद्ध दिवसको अवसरमा शनिबार काठमााडौंमा आयोजना गरेको युवा मार्चपासको समापन कार्यक्रममा उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताएका हुन् । उनले दुई तिहाई बहुमतको धाक देखाएका सरकार पूर्ण रुपमा अफल भएको तर्क गरे । दलहरुकै कारण जनयुद्धका आशिंक उपलव्धी नै गुम्ने खतरा भएको उनले बताए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुेरलले नेपालको संसदीय व्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे । प्रतिनिधिसभाको बिघटनपछि दलहरुको व्यवहारका कारण जनताहरु नै अलमलमा परेको उनको भनाई छ । त्यसअघि काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको मार्चपास पुरानो बसपार्क, शहीदगेट, सुन्धरा, वायुसेवा निगम, न्युरोड गेट, वीरअस्पताल हुँदै‌ पुनः शान्तिबाटिकामा पुगेर जनसभामा परिणत भएको थियो । जसभामा सो पार्टीका महासचिव मोहन वैद्य किरणले २६ वटा मशाल बालेर र २६ वटा तोप पड्काएर जनयुद्ध समारोह तथा जनसभाको शुभारम्भ गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update