हिमाल दैनिक

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको उल्लेख गरेका छन् ।

अवहेलना मुद्दामा बिहीबार सर्वोच्चमा आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जनाएका छन् । उनले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जानेमात्र होइन, सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने जिकिर पनि गरेका छन् । प्रधानमन्त्रीलाई स्वयं उपस्थीत भएर जवाफ पेश गर्न भनिएपछि आफै आएर लिखित जवाफ पेश गरेको ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ तथा संसद् विघटनविरुद्ध भइरहेको बहसलाई ‘तमासा’ भनेका कारण देखाउँदै उनि lविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।  
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update