मिलेर अगाडी बढ्न दाहाल-नेपालको आग्रह, देउवा भन्छन्: पार्टीमा सल्लाह गर्छु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालले नेपाली कांग्रेस संग मिलेर अगाडी बढ्न निर्णय गरेका छन्। संसद विगठनको निर्णय सर्वाच्च अदालतले बदर गरेको भोलिपल्टै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुधबार अपराह्न बुढानिलकण्ठ पुगेका नेताद्वय दाहाल र नेपालले पछिल्लो समसामयिक राजनीतिक परिस्तिथि बारे छलफल गर्दै यस्तो प्रस्ताव राखेका हुन्।
सभापति देउबाका निजि सचिब भानु देउबाका अनुसार नेकपाका नेताद्वयले पछिल्लो समसामयिक बिषय बारे छलफलसंगै मिलेर अगाडी बढ्न आग्रह गरेको बताए। प्रस्तावकै रुपमा खासै त्यस्तो स्पष्ट प्रस्ताव नभएपनि नेकपाका नेताहरुले मिलेर अगाडी बढ्न राखेको प्रस्तावमा सभापति देउवाले आफ्नो पार्टी भित्र बैठक राखेर पार्टीको निर्णय अनुसार अगाडी बढ्ने जानकारी दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको आन्तरिक द्वन्द्धका कारण पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसंगे नेकपाभित्र राजीनितिक विभाजन देखिएको थियो। ओली पक्षको नेकपा र दाहाल-नेपालले नेतृत्वपक्षले नेकपाबीच तानातानको अवस्थामा पुगेका थिए। संवैधानिक इजलासले मंगलबार संसद विगठन निर्णय बदर गरिदिएपछि १३ दिन भित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएपछि नेपालको राजिनितीमा नयाँ मोड लिएको छ । जसले नेकपाको राजनीतिको भविष्यसंगै आगामी सरकारको सरकार र भावी राजिनितीक कार्य दिशा बारे उत्पन्न भएको अन्योलतालाई कसरी उचित व्यवस्था गर्न सकिन्छ भन्ने चुनौती प्रमुख राजनीतिक दलहरुकासामु उत्पन्न भएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय