कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने प्रस्ताव पारित
नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावलाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको हो।
पार्टीको विधान अनुसार थपिएको १ बर्ष सहित ५ बर्ष भित्रमा पनि विविध कारणवश अधिवेशन सम्पन्न हुन नसकेपछि संविधानको साहारा लिएर पार्टीको कार्यकाल ६ महिना थप गरेको हो ।
सअघि गत बर्षको ११ गतेको बैठकले पार्टीको महाधिवेशन पर्सि फाल्गुन ७ गते देखि १० गतेसम्म गर्ने प्रस्ताव गरेको थियो । तर, क्रियाशी, सदस्यता वितरण तथा नबिकरणको बिषय नै टुंगो नलागेपछि महाधिवेशन पूर्वनिर्धारित समयमा असम्भव भएको थियो ।
केन्द्रीय समिति बैठकले सभापतिका तर्फबाट महामन्त्रले प्रस्ताव गरेकै महाधिवेशनको अन्तिम मिति अनुमोदन गरेको भन्दै महाधिवेशन पूर्व जिल्ला वडा तह लगाएतको अधिवेशनको कार्यतालिकका भने सामान्य हेरफेर गरेको छ।
बैठकले पार्टीको केन्द्रीय सदस्य रमेश लेखकको संयोकत्वमा ७ सदस्यीय क्रियाशिल सदस्यता छानविन समिति गठन गर्ने निर्णय गरेको छ । समितिले क्रियाशिल सदस्यमा परेको उजुरीको छानविन गर्ने, यसअघि आएको क्रियाशिल सदस्यताको छानविन लगाएतका काम सम्पन्न गरि महाधिवशेनको कार्यतालिकाभित्र केन्द्रीय समितिमा प्रतिवेदन बुझाउने उनले जानकारी दिए ।
https://www.himaldainik.com/28868/2021/
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय