हिमाल दैनिक
‘द बिग बुल’ को ट्रेलर रिलिज, अभिषेकले दिए ‘गुरु’को झलक
the-bigbull
बलिउड अभिनेता अभिषेक बच्चन स्टार फिल्म ‘द बिग बुल’ को ट्रेलर रिलीज भएको छ। सन् १९९२ मा इन्डियन स्टक मार्केटमा सबैभन्दा ठुलो घोटाला गरेका हर्षद मेहताको जीवनमा आधारित ‘द बिग बुल’को ट्रेलर शुक्रबार सार्बजनिक गरिएको हो । ट्रेलरमा अभिषेक मेहताको किरदारसंग प्रेरित हेमन्त शाहको किरदारमा देखिएका छन् । ट्रेलर हेर्दा उनले सन् २००७ मा गुरु फिल्मको झलक दिएका छन् । यस फिल्मका निर्माता अजय देवगनले आफ्नो सामाजिक संजालमार्फत ट्रेलर सार्बजनिक गर्दै भनेका छन्,’दिस इस नट जस्ट स्क्याम, दिस इस मदर ओफ ऑल स्क्याम’।   करिब ३ मिनेटको ट्रेलरमा अभिषेक बाहेक इलियाना डिक्रूज, सौरभ शुक्ला, निकिता दत्ता, सोहम शाह, महेश मांजरेकर र राम कपूरको झलक देखिएको छ । यो फिल्म ८ अप्रिलमा भारतीय ओटीटि(OTT) प्लेटफर्म डिज्नी प्लस हट स्टारमा रिलिज हुनेछ। हर्षद मेहताको जीवनमा आधारित यो दोश्रो फिल्म हो । यसअघि सोनीले ‘स्क्याम १९९२’ सिरिज रिलिज गरेको थियो जसलाई दर्शकले निकै रुचाएका थिए। प्रतिक गान्धीको अभिनयले हर्षदको एउटा छाप छोडीसकेको बेला अब अभिषेकको यो फिल्मले दर्शकलाई कति मनोरन्जन दिनसक्छन त ?
प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update