हिमाल दैनिक
जोन अब्राहम र इमरान हाशमी स्टारर 'मुम्बई सागा' को ट्रेलर रिलिज
mumbai-saga
बलिउड अभिनेता जोन अब्राहम र इमरान हाशमी स्टारर क्राइम थ्रिलर फिल्म 'मुम्बई सागा' को ट्रेलर रिलिज भएको छ । बुधबार जोनले आफ्नो सामजिक संजालमा फिल्मको ट्रेलर सेयर गरेका थिए। फिल्ममा जोन अन्डरवोर्ल्ड डनको भूमिकामा देखिएका छन् भने इमरान पुलिसको किरदारमा रहेका छन्। ट्रेलर देखाइए अनुसार फिल्ममा भरपुर एक्सन देखिएको छ । संजय गुप्ताद्वारा निर्देशित यस फिल्ममा जोन र इमरान पहिलो पटक फिल्मसंगै काम गरेका हुन् । १९ मार्चमा रिलिज हुन लागेको उक्त फिल्ममा सुनील शेट्टी, काजल अग्रवाल र गुलशन ग्रोवरलाई पनि अहम भूमिकामा देखाइएको छ । https://www.youtube.com/watch?v=f-_w7S4oS3A एजेन्सीको सहयोगमा
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update