हिमाल दैनिक
अलियाको 'गंगुबाई कठियाबाडी' को ट्रेलर रिलिज
gangubai
बलिउड अभिनेत्री अलिया भट्ट स्टारर फिल्म 'गंगुबाई कठियाबाडी' को ट्रेलर रिलिज भएको छ । बुधबार निर्देशक संजय लिला भन्सालीले आफ्नो जन्मदिनको उपलक्ष्यमा 'गंगुबाई कठियाबाडी' फिल्मको रिलिज डेट सार्वजनिक गरेका थिए । त्यससंगै निर्देशक भन्सालीले यस फिल्मको ट्रेलर र अलिया भट्टको नयाँ पोस्टर पनि सार्वजनिक गरेका थिए। २० घटना अघि 'पेन मुभी' युटुभ च्यानलमा रिलिज भएको उक्त ट्रेलर अहिले सम्म ७८ लाख जनाले हेरिसकेका छन् । ट्रेलरमा अलिया डनको को भूमिकामा देखिएकी छिन् । यो फिल्म गंगूबाई काठियावाड़ी माथि लेखिएको किताब 'द माफिया क्वीन ऑफ मुंबई' मा आधारित छ जसलाई हुसेन जैदीले लेखेका हुन् । यस अघि अलियाको 'सडक-२' फिल्म रिलिज भएको थियो। अलियाका बुबा महेश भट्टद्वारा निर्देशित उक्त फिल्म फ्लप भएको थियो। एजेन्सीको सहयोगमा  https://www.youtube.com/watch?v=xK2_6yX7aF8
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update