हिमाल दैनिक
कट्रिनाकी बहिनी इसबोल डेब्यू फिल्म 'टाइम टू डांस'को ट्रेलर सार्वजनिक, सलमानले गरे प्रचार
time-to-dance
बलिउडका सुपरस्टार सलमान खान सधै नयाँ कलाकारहरुलाई प्रमोट (प्रचार) गरिराखेका हुन्छन् । उनले बलिउडमा धेरै अभिनेता-अभिनेत्रीहरुलाई आफै लन्च पनि गरेका छन्। केहि समय अघि नायिका कट्रिना कैफकी बहिनी इसबोल कैफको डेब्यू फिल्म 'टाइम टू डांस' को ट्रेलर लन्चमा आफ्नो प्रतिक्रिया दिएका छन् । सलमानले सामाजिक संजालमा उक्त फिल्मको पोस्टर र ट्रेलर सेयर गरेर टिमलाई शुभकामना व्यक्त छन्। यो फिल्म १२ मार्चमा रिलिज हुनेछ।
 
View this post on Instagram
 

A post shared by Salman Khan (@beingsalmankhan)

यो फिल्म कोरियोग्राफर तथा निर्देशक रिमो डिसुजाकी श्रीमती लिजेल डिसुजाले निर्देशन गरेकी हुन् । रोमान्टिक लभ स्टोरी रहेको यस फिल्ममा इसाबेलसंग सूरज पन्चोली मुख्य भूमिकामा देखिनेछन् । सुरजलाई सन् २०१५ मा सलमानले नै ब्रेक दिएका थिए । सुरज र सुनिल शेट्टीकी छोरी अथिया शेट्टीलाई डेब्यु गरेको 'हिरो' फिल्मको सलमान निर्माता थिए । 'टाइम टू डांस'मा वलुस्चा डिसूजा र राजपाल यादव पनि ट्रेलरमा देखिएका छन् । दुई दिन अघि टि-सिरिजको युटुभ च्यानलबाट रिलिज भएको ट्रेलरलाई अहिले सम्म ३६ लाखजनाले हेरी सकेका छन्।  https://www.youtube.com/watch?v=hyp-B7vZ1Hk
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update