हिमाल दैनिक
तमिल फिल्ममा हरभजन सिंहको डेब्यू, फ्रेण्डशिपको ट्रेलर सार्वजनिक
harbajan-singh
क्रिकेटको दुनियाँमा ख्याती कमाएका भारतीय क्रिकेटर हरभजन सिंह अब तमिल फिल्मको दुनियाँमा पनि प्रवेश गर्ने भएका छन् । सोमबार हरभजनले आफ्नो पहिलो तमिल फिल्म फ्रेन्डशिपको टिजर सार्बजनिक गरेका थिए। उनले आफ्नो सामाजिक संजाल मार्फत उक्त फिल्मको ट्रेलर सार्बजनिक गरेका हुन्। यो फिल्मको ट्रेलर तमिल, तेलेगु र हिन्दीमा रहेको छ । रोमान्टिक-स्पोर्ट्स फिल्म 'फ्रेण्डशिप' बाट हरभजन तमिल फिल्ममा डेब्यु गर्न लागेका हुन्। उनले आफ्नो फिल्मको ट्रेलर शेयर गर्दै लेखेका छन।,'शार्प, क्रिस्प, इनटेन्स रहेको मेरो फिल्म 'फ्रेण्डशिप' को टीजर, इन्जोय।' भाज्जीको यो फिल्म तीन भाषा तमिल, तेलेगु र हिन्दीमा रिलिज हुनेछ । https://www.youtube.com/watch?v=u1Ya8CUJVWA&feature=youtu.be फ्रेण्डशिपमा भाज्जी कलेज बिद्यार्थीको भूमिकामा देखिएका छन्। यस फिल्मको ट्रेलरमा भरपुर एक्सन, रोमान्स, डान्स, कलेज लाइफ र क्रिकेट पनि देखाइएको छ । भाज्जी यस अघि केहि फिल्ममा देखिएका थिए। तर उनि सबैमा स्पेसल अपिरेन्स मा थिए। सन् २००४ मा रिलिज भएको अक्षय कुमार, सलमान खान र प्रियंका चोपड़ाको फिल्म 'मुझसे शादी करोगी' मा पहिलो पटक फिल्ममा देखिएका थिए । त्यसपछि उनि २०१३ को पन्जाबी फिल्म 'भाजी इन प्राब्लम' र सन् २०१५ मा 'सेकेन्ड ह्यान्ड हसबेण्ड' मा पनि स्पेसल अपिरियन्स दिएका थिए। यस फिल्मलाई जोन पाल राज र शाम सूर्याले रिलिज गरेका हुन्। यस फिल्ममा एक्टर अर्जुन, लोसलिया मारियानेसन र सतीश पनि मुख्य भूमिकामा देखिएका छन् । अघिल्लो बर्षको ७ अगस्तमा रिलिज हुने भनिएको फ्रेण्डशिप कोरोनाका कारण रिलिज रोकिएको थियो । (एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update