हिमाल दैनिक
सुनील शेट्टीका छोरा अहानको डेब्यू फिल्म 'तड़प'को पोस्टर रिलिज
tadap
बलिउड अभिनेता सुनिल शेट्टीका छोराले बलिउडमा डेब्यु गर्ने भएका छन्। सुनिलका छोरा अहानको बलिउडमा डेब्यु'तड़प' फिल्म बाट गर्न लागेका हुन् ।मंगबार अभिनेता अक्ष्य कुमारले आफ्नो सामाजिक संजाल फर्मत उक्त फिल्मको पोस्टर रिलिज गरेका थिए । उनले उक्त पोस्टर रिलिज गर्न पाउदा आफुलाई गर्व अनुभति भएको बताए। उनले अहानका पिता सुनिलको पहिलो फिल्म बलवानको पोस्टर हेरेको र अहिले उनको छोराको फिल्मको पोस्टर रिलिज गर्न पाउँदा खुसि महसुस भएको बताए। 'तड़प' फिल्म सजिद नाडियाडवालाको फिल्म हो जसमा अहानसंग तारा सुतारिया मुख्य भूमिकामा देखिने छिन्। फिल्म २१ सेप्टेम्बर २०२१ मा रिलिज हुनेछ । अहानभन्दा अघि सुनिल शेट्टीकि छोरी अथियाले सन् २०१५ मा 'हिरो' फिल्म बाट गरेकी थिए । उनलाई सलमान खानको प्रोडक्सनले लन्च गरेको थियो। तर फिल्म बक्स अफिसमा त्यति राम्रो चल्न सकेन। अथिया त्यसपछि 'मोतीचूर चकनाचूर', 'मुबारका' जस्त फिल्ममा पनि देखिएकी थिइन्।  
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update