हिमाल दैनिक
अमिर खानले 'महाभारत' नबनाउने
amir-khan
बलिउडमा पछिल्लो ५-६ बर्षदेखि अभिनेता अमिर खान 'महाभारत'मा फिल्म बनाउने तयारी गरिराखेको कुरा चर्चामा आइ राखेको थियो । तर,अब अमिर खानले यसलाई नबनाउने विचार गरेका छन् । भारतीय संचार मध्यमका अनुसार अमिर खानले महाभारतलाई अहिले नबनाउने फैसला गरेका हुन् । खानले बनाउने भनिएको महाभारतलाई ओटिटि प्लाटफर्ममा अंक अंक अनुसार बनाउने भनिएको थियो। तर पछिल्लो अपडेट अनुसार अमिर खानले महाभारत जस्तो महाकाव्यमा फिल्म बनाउने अहिले उपयुक्त समय नरहेको बताए। भारतीय मिडिया स्पटबोयका अनुसार अहिले महाभारत बनाउदा विवादस्पद हुन सक्ने बताइएको छ । त्यस्तै जुन हिसाबमा यस फिल्मलाई बनाउने तयारी गरिएको थियो त्यो हिसाब व्यवहारिक नभएको बताइएको छ । यस भन्दा अमिर खानले महाभारतलाई समय दिनु भनेको ५ बर्ष अमिर खानले कम्तिमा पनि ३ फिल्म गुमाउनु रहेको स्पटबोयले बताएको छ । त्यसकारण अमिर खानले महाभारतबाट हात झिकेका हुन् । रिपोर्टका अनुसार कट्टरपंथी संगठनले अमिर खानलाई महाकाव्यमामा फिल्म नबनाउन आमिरको प्रोडक्सनलाई चेतावनी दिएका थिए । त्यसकारण अहिले यो समय यक्त फिल्म बनाउन उचित समय नरहेको बताइएको छ । तर, यस कुराको अधिकारिक पुष्टि भने अमिर खानले अहिले सम्म गरेका छैनन् । अमिर खान अहिले 'लाल सिंह चड्ढा'को सुटिंगमा ब्यस्त छन्। अद्वैत चन्दनद्वारा निर्देशित 'लाल सिंह चड्ढा'मा अमिरसंग करिना कपुर मुख्य भूमिकामा देखिने छिन्। सन् १९९४ मा रिलिज हलिउड फिल्म 'फरेस्ट गम्प' को हिन्दी रिमेक बाट अमिर दुई बर्ष पछि फिल्ममा आफ्नो कम्ब्याक गर्दै छन्। यस भन्दा अघि अमिर खान सन् २०१८ को फिल्म 'ठग्स अफ हिन्दोस्तान' मा देखिएका थिए। (एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update