हिमाल दैनिक
'गंगुबाई कठियावाड़ी'मा अजय देवगन
ajay-devgan-sanjay-leela-bhansali-gangubal-kathiawadi
सन्जयलीला भन्सालीको आउदो फिल्म 'गंगुबाई कठियावाड़ी' मा अजय देवगन मुख्य भूमिका देखिने भएका छन् । यसअघि गंगुबाई कठियावाड़ीमा कैमियोमा आउने भनिएका अजय अब यस फिल्मको अहम किरदार निभाउने भएका छन्। अजयले फागुन १५ गतेदेखि फिल्मको शुटिंगमा ब्यस्त छन्। भारतीय संचार मध्यमका अनुसार निर्देशक भन्सालीले अजयको छोटो र दमदार रोल राखेका थिए। तर उनले अजयको शुटिंग देखेपछि यस फिल्ममा उनको रोल बढेको हो । भन्साली र अजय २२ बर्ष पछि एक साथ काम गरेका हुन् । यस अघि यी दुई 'हम दिल दे चुके सनम' फिल्ममा काम गरेका थिए। केहि समय अघि भन्सालीले आफ्नो जन्मदिनमा 'गंगुबाई कठियावाड़ी'को ट्रेलर सार्बजनिक गरेका थिए । यो फिल्म रियल लाइफ ग्याङ्गस्तर गंगूबाई काठियावाड़ीको जीवनमा आधारित छ जसमा अलिया गंगुबाई किरदारमा देखिएकी छिन्। अजय यस फिल्ममा अलियाको मेनटरको किरदारमा देखिने बताइएको छ। शुटिंगका लागि भन्सालीले ६ करोडको शेट निर्माण गरेका छन्। गंगुबाई ६०को दशकमा मुम्बई माफिया थिइन्। उनलाई उनको श्रीमानले ५ सय रुपैयाँमा बेचेका थिए। त्यसपछि उनि वेश्यावृत्तिको दुनियामा पुगिन्। यो फिल्म गंगूबाई काठियावाड़ी माथि लेखिएको किताब ‘द माफिया क्वीन अफ मुंबई’ मा आधारित छ जसलाई हुसेन जैदीले लेखेका हुन् । यस अघि अलियाको ‘सडक-२’ फिल्म रिलिज भएको थियो। अलियाका बुबा महेश भट्टद्वारा निर्देशित उक्त फिल्म फ्लप भएको थियो। एजेन्सीको सहयोगमा   
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update