हिमाल दैनिक
सलोनले दिए करिश्मालाई धोका ! (भिडियो)
salon and Karishma-1600704938
हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'यति माया  गर्दा पनि' बोलको गीतको शब्द गायक क्षेत्रीले नै तयार गरेका हुन् भने संगीत दीपक शर्माले दिएका छन् । सार्वजनिक गीतको भिडियोमा नायक सलोन बस्नेत, करिश्मा केसी र सिर्जना केसी फिचर्ड छन् । भिडियोमा त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरिएको छ । मुनाल शिशिरले निर्देशनमा बनेको भिडियोलाई 'हेम्स इन्टरटेनमेन्ट'ले निर्माण गरेका गरेको हो । उत्सव दाहालले खिचेको भिडियोलाई अर्जुन पोखरेलको सम्पादन गरेका छन् । 'दु:खसँग' सफल भएसँगै नयाँ गीत सार्वजनिक गरेका गायक क्षेत्री यस गीतलाई पनि दर्शकले रुचाउनेमा आशावादी छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update