हिमाल दैनिक
फिल्म 'लक्ष्मीपूजा' दशैंमा प्रदर्शन हुने, जाहन्वी दोहोरो भूमिकामा देखिदै
1600780994-e5d1T
काठमाडौं - नेपाली फिल्म क्षेत्रमा अहिले कोरोनाभाइरसको संक्रमणका कारण निर्माण भइसकेको फिल्महरु प्रदर्शनमा आउन सकिरहेका छैनन् । फिल्मका छायांकन पनि अधुरै छन् । सरकारले अहिले तुरुन्तै निर्माण भइसकेका फिल्महरु प्रदर्शनका लागि अनुमती दिने सम्भावना कम छ । कोरोनाभाइरसको संक्रमण सामान्य भएपछि नयाँ फिल्मको छायाँकनमा जाने तयारीमा निर्माता निर्देशकहरु छन् । यसैबीच अहिले फिल्म 'लक्ष्मीपूजा' को छायांकन भइरहेको छ । समिर मियाँले निर्देशन गरिरहेको यस फिल्मलाई यही दशैंमा प्रदर्शन गरिने निर्माता शोभित बस्नेतले बताएका छन् । पारिवारिक प्रेमकथा बन्ने यस फिल्ममा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहालको पनि अभिनय रहने बताइएको छ । फिल्म ‘यात्रा’ मा अभिनय गरेकी जाहन्वीको यस फिल्ममा दोहोरो भूमिका निभाउदैछिन् ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update