बलिउड अभिनेता सुशांत सिंह राजपूत निधन प्रकरणमा लागू औषधको तथ्य सार्वजनिक भएसँगै अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो।
तीन दिनमा करीव ३० घण्टा सोधपुछ गरेपश्चात रियालाई सेप्टेम्बर ११ देखि न्यायिक हिरासतमा राखिएको छ । मंगलबार विशेष एनडीपीएस अदालतले रियालाई तप १५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
आउँदो अक्टोबर ६ तारिखसम्म उनलाईलाई हिरासत राख्न अनुमति दिइएको हो । यसबैबी रिया र उनको भाइ शौविक चक्रवर्तीले बम्बई हाईकोर्टमा जमानतको लागि निवेदन दिएका छन् । जसको सुनुवाइ भोलि हुने भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
यसअघिको सेप्टेम्बर ११ मा मुम्बईको विशेष एनडीपीएस अदालतले रिया, शौविक र चार अन्यको जमानतको निवेदनलाई खारेज गरेको थियो। रिया चक्रवर्ती यस मुद्दामा दोषी ठहरिएमा उनले १० वर्ष जेल सजाय भोग्नुपर्ने संचार माध्यमहरुले जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय