हिमाल दैनिक
मेलिना राईको गीतमा अभिनेता ध्रूब दत्त र निरु कोइरालाको रोमान्स
1601121931-LMjaq
काठमाडौँ । गीतकार ज्योति गुरुङको शब्द रहेको 'यो कस्तो माया' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गुरुङको  आफ्नै च्यानल जेजी क्रियशनबाट सार्वजनिक भिडियोले प्रेम वियोगको कथालाई मर्म स्पर्शी ढंगले प्रस्तुत गरेको छ । लामो समयदेखि बेलायतमा नै बस्दै आएकी गीतकार गुरुङले आगामी दिनमा गीत तथा साहित्य शृजनामा निरन्तरता दिने बताएकी छिन् । शनिबार सार्वजनिक गीतमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको छ । जसमा संगीत अर्जुन सुनमको रहेको छ  भने एरेन्ज बिबी अनुरागीको रहेको छ । एउटी नारी आर्दश प्रेमको विश्वासमा परेर पुरुषबाट पाएको धोकालाई पछिल्लो पुस्ताका चर्चित निर्देशक कुशल श्रेष्ठले कलात्मक शैलीमा सं्रब्य दृश्य मार्फत प्रस्तुत गरेका छन् । जसमा अभिनेता  ध्रुब दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको जिवन्त अभिनय देख्न सकिन्छ । बेलायतमा नै छायांकन गरिएको भिडियोको छायांकन, सम्पादन र कन्सेप्ट पनि निर्देशक श्रेष्ठकै रहेको छ ।  निर्देशक श्रेष्ठले बेलायतबाट नै चलचित्रका गीत र म्युजीक भिडियो गरी ३ दर्जनबढी निर्माण निर्देशन गरिसकेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update