हिमाल दैनिक
प्रमोद खरेलको 'ओइ कान्छी' मा पल र पूजाको अभिनय (भिडियो)
1601104529-OzHp3
काठमाडौं - गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । गायक खरेल र सुजता केसीको सुमधुर स्वरमा 'ओइ कान्छी' बोलको गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने एरेञ्ज सहस शाक्यको रहेको छ । भिडियोमा पल शाह र पूजा शर्माको धमाकेदार अभिनय रहेको छ । काजिस श्रेष्ठको कोरियोग्राफी एंव निर्देशन रहेको छ यस भिडियोलाई अर्जुन तिवारी खिचेका हुन् । भिडियोको सम्पादन भने दिपक विष्टले गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update