हिमाल दैनिक
मिलन चाम्सको चलचित्रमा पनि साम्राज्ञी, लकडाउनमै तीन वटा फिल्ममा सम्झौता
samragyee-1598951450
लकडाउनकै बिच साम्राज्ञी राज्यलक्ष्मी शाहले तीन वटा चलचित्रमा काम गर्ने पक्का गरेकी छिन् । साम्राज्ञीले तीन वटै चलचित्रका लागि लिखित सम्झौता गरिसकेकी छन् । केही समयअगाडि साम्राज्ञीले मनीष राउत, आना शर्मालगायतका कलाकारसँग स्क्रिन सेयर गर्ने गरी चलचित्रमा अनुबन्धित भएकी थिइन् । उक्त चलचित्रको नाम पक्का भएको छैन । त्योसँगै साम्राज्ञीले 'रेड वाइन' नामक चलचित्रमा अभिनेता पल शाहसँग स्कृन सेयर गर्ने पक्का भइसकेको छ । त्यस्तैमा, साम्राज्ञीले निर्देशक मिलन चाम्सको नयाँ चलचित्रका लागि पनि अनुबन्धित भएकी छिन्। प्रेमकथामा आधारित रहेर निर्माण हुने यस चलचित्रका लागि साम्राज्ञीले लिखित सम्झौता गरिसकेकी छिन् । निर्देशक चाम्सका अनुसार साम्राज्ञीले यस चलचित्रमा नव-नायकलाई आफ्नो जोडीका रूपमा पाउनेछिन् । चलचित्रको छायांकन आगामी नयाँ वर्षबाट सुरु गर्ने निर्माण पक्षको लक्ष्य छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update