हिमाल दैनिक
अर्पण निर्देशित 'तीन जन्तु'को टिजर सार्वजनिक
teen jantu-1601189896
अर्पण थापाको निर्देशनमा बनेको चलचित्र 'तीन जन्तु'को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चलचित्रको विषयवस्तुलाई प्रस्ट्याइएको छ । टिजरमा चलचित्रका मुख्य कलाकारहरू अर्पण थापा, सौगात मल्ल, सृष्टि श्रेष्ठ र रोविन तामाङलाई देख्न सकिन्छ । यस चलचित्रमा उनीहरू भिन्न अवतारमा प्रस्तुत भएका छन् । वि.सं २०३० सालमा भएको एक घटनामा आधारित रहेर तयार पारिएको यस चलचित्रमा दुई चोरको कथालाई प्रस्तुत गरिएको छ । दुईवटा बाकस लुटेपछि उत्पन्न परिस्थितिलाई चलचित्रमा देखाइएको छ । आलोक शुक्लाले खिचेको यस चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । हरि तामाङ, सन्तोष अधिकारी, केल्ली जोयको लगानी रहेको चलचित्रले पौषको १७ गतेलाई रिलिज मिति तोकेको छ ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update