हिमाल दैनिक
'मुन्द्रेको कमेडी क्लब' को छायांकन गर्ने तयारी
1601397485-UjIAn
काठमाडौँ – नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी शो  ‘मुन्द्रेको कमेडी क्लब’ अब फेरि सञ्चालनमा आउने भएको छ । कोरोनाभाइरसको संक्रमणका कारण रोकिएको 'मुन्द्रेको कमेडी क्लब' अब छिट्टै छायांकन गर्ने तयारी गरिएको बताइएको छ । 'मुन्द्रेको कमेडी क्लब'का सञ्चालक चर्चित हाँस्यकलाकार जितु नेपालले छायांकन गर्ने तयारी गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जालमा सरकारले तोकेको  मापदण्ड पूरा गरि  मुन्द्रेको कमेडी क्लब  छायांकन गर्ने तयारी गरिएको बताएका छन् । उनले भनेका छन् -  'पुरै नयाँ सेटमा,केही नयाँ कलाकार सहित नेपाल सरकारले ?तोकेको  मापदण्ड पूरा गरि,सम्पूर्ण स्वास्थ सुरक्षाको नियम पालना गर्दै, सावधानीका साथ हजुरहरुलाई मनोरञ्जन दिन  "मुन्द्रेको कमेडी क्लब" छायांकन गर्ने तयारी गर्दैछौ।अवस्य पनि अबका कार्यक्रम केहीm फरक लाग्ने छ भन्नेमा बिस्वास छ। बस केवल हजुरहरुको माया,साथ र हौसला चाहीएको छ।रेडी हैनत..? mcc हेर्नलाई...' यस शोमा निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला अध्यक्ष बनेकी छिन्। यस कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढी लगायतका हास्य कलाकारहरूको अभिनय देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update