हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्दारमा खटिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा गएराति आएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति  पुग्ने देखिएको भन्दै देउवाले सामाजिक सञ्जाल  ट्वीटरमार्फत तत्काल उद्दारमा खटिन काँग्रेस कार्यकर्तालाई निर्देशन दिएका हुन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा आएको भीषण वाढी, पहिरोमा परी २३ जना बेपत्ता भएका छन् भने २  जनाको शव फेला परेको छ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७