नेपाली कांग्रेसले प्रतिनिधि सभामा सभा सदस्यमा रिक्त रहेको एक स्थानमा गुम्मीकी कांग्रेस नेतृ सुवर्ण ज्वारचनलाई मनोनित गर्ने निर्णय गरेको छ।
बाग्लुङकी पूर्व सांसद ज्ञानकुमारी छन्त्यालको हालै उपचारका क्रममा निधन भएपछि रिक्त रहेको स्थानमा कांग्रेसले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको सूचिको माथिल्लो क्रममा रहेकी पूर्व राज्यमन्त्री ज्वारचनलाई निर्वाचित गराउन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले छन्त्यालको निधन पश्चात रिक्त रहेको स्थानमा जनजाति महिला समूहबाट सबैभन्दा माथिल्लो क्रम संख्यामा रहेकी ज्वारचनलाई पठाउने निर्णय गरेको कांग्रेसका एक सदस्यले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्


