नेपालमा एप्स,सफट्वेयर तथा सामाजिक सञ्जाल सुरक्षित गर्न सरकारलाई निर्देशन
संसदीय समितिले नेपालमा डाउनलोड हुने मोबाइल एप वा कम्प्युटर सफट्वेयर तथा सामाजिक सञ्जाल सुरक्षित रहेको प्रमाणित गरेर मात्रै प्रयोग गर्न दिन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले नेपालभित्र प्रयोग गरिने एप्स तथा सामाजिक सञ्जालहरु सुरक्षा, गोपनियता र उपयोगीताका हिसावले सुरक्षित रहेको प्रमाणित गरेर मात्रै प्रयोग गर्न दिन सरकारलाई निर्देशन दिएको हो ।
बैठकले सरकारलाई पत्र, काजजात सूचना एवं जानकारीहरु अनाधिकृत रुपमा दुरुपयोग हुने गरेका अवस्थामा यस्ता बिषयहरु सरकारी आधिकारीक इमेल र वेवसाइटमा मात्र प्रयोग हुने गरि आवश्यक व्यवस्था मिलाउन सञ्चार मन्त्रालयलाइ निर्देशन दिएको छ ।
बैठकले सवै स्थानीय तह वडा कार्यालय, स्वास्थ्य संस्था तथा माध्यामिक तहका सामूदायिक बिद्यालयहरुमा द्रुत गतिको इन्टरनेट सेवा उपलव्ध गराउने कार्यक्रमलाई प्रभावकारी रुपका कार्यान्यन गराउन पनि सञ्चारमन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधी मन्त्रालयकी निमित्त सचिव राधिका अर्यालयले सूचना प्रविधी क्षेत्रलाई व्यवस्थीत बनाउनका लाागि ऐन निर्माणको क्रममा रहेकाले यस क्षेत्रको सुधारका लागि आवश्यक कानून बन्ने दावी गरिन् ।
बैठकले सरकारी वेवसाइट र सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरुको अनिवार्य सेक्युरिटी अडिट गर्ने व्यवस्था मिलाउन र सरकारी डोमेन नेम निजी क्षेत्रबाट दर्ता हुदै आएकोमा यस्तो कार्य सरकारी निकायबाट गर्ने आवश्यक व्यवस्था मिलाउन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय