सरकारसँग भीम रावलको प्रश्नः कालापानीबाट भारतीय सेना फिर्ता गर्न र आफ्नो नक्सा सार्वजनिक गर्न के गाह्रो पार्यो?
                        
                        
                                                
                                             
                                                
                        भारतीय सरकारले नेपाली भूमिको अतिक्रमण गर्दै सडक निर्माण गर्ने कार्यको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीमबहादुर रावलले कालापानी, लिपुलेक क्षेत्रबाट भारतीय सेना तत्काल फिर्ता गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीसँग प्रतिप्रश्न गर्दै नेता रावलले नेपाली भूमिमा भारतले अतिक्रमण गरेकोमा सम्पूर्ण नेपाली जनताको तर्फबाट त्यसको निन्दा र भत्र्सना गर्दै उक्त कार्य अन्तर्राष्ट्रिय कानून, असल छिमेकी नीतिको विरुद्धमा र आजको सभ्य समाजको विरुद्धमा भएको दाबी गरे।
साथै उनले उक्त सडक निर्माण कार्य तुरुन्त बन्द गर्न माग गर्दै भने, ‘त्यहाँबाट भारतीय सेना फिर्ता होस् भन्ने मा गर्न चाहन्छु। भारतीय सेना फिर्ता गर्ने तर्फ नेपाल सरकारले के गरिरहेको छ? दोस्रो भारतले आफ्नो भूमि नभएको ठाउँमा नक्सा प्रकासित गर्ने अनि नेपालको भूमि राखेर नक्सा प्रकासित गर्न नेपाल सरकारलाई के गाह्रो भइरहेको छ? त्यो गाह्रो यहाँ आओस् यो सम्मानीत सदनले त्यो गाह्रो फुकाउनका लागि अग्रसरता लिन्छ भन्ने मलाई विश्वास छ।’
                        
                    
                प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    