राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा
                        
                        
                                                
                                             
                                                
                        राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन हुनुभएको छ । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उहाँलाई मनोनयन गर्नुभएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
सभापति देउवाले पार्टीको संसदीय दलको विधान ९संशोधन तथा परिमार्जनसहित, २०७४० को दफा १३ को उपदफा ९२० बमोजिम उहाँलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गर्नुभएको हो । यसअघि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको सचेतक रहनुभएका सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो । रासस
                        
                    
                प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    