लेखा समितिले मन्त्रालयसँग मेडिकल सामाग्री खरिद प्रकरणको कागजात माग्यो
                        
                        
                                                
                                            
                        संघीय संसदको प्रतिनिधि सभा अन्र्तगत सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया विपरित कोरोना भाइरस संक्रमणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएका कामकारबाही लगायतका सम्पूर्ण कागजात मागेको छ।
चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणविरुद्ध चिकित्सकहरुका लागि आवश्यक सुरक्षा सामाग्री (पीपीइ)का अतिरिक्त परिक्षण सामाग्री खरिद प्रक्रियामा मन्त्रालयले सार्वजनिक खरिद ऐन विपरित सरकार निकट ओम्नी समूहलाई विनाप्रतिस्पर्धा जिम्मा दिएको थियो।
करिब तीन महिनापछि सरकारले खरिद प्रक्रिया सुरु गर्दा माघ तेस्रो साता आब्हान गरेको टेण्डर नोटिसलाई बदर गरेर हतारमा दुई घण्टाको समय दिएर ओम्नी समूहलाई अर्बौँको मेडिकल सामाग्री अत्याधिक महंगो मूल्यमा खरिद गर्न अनुमति समेत दिएको थियो।
त्यसका बाबजूद ओम्नी समूहले चीनबाट खरिद गरेका २८ करोडको सामाग्री पनि गुणस्तर हिन भएको पुष्टि भएपछि सरकारले बाध्य भएर उक्त कम्पनीसँगको सम्झौता रद्द गरेपनि उसलाई भुक्तानी दिने बाटोको खोजिमा रहेको छ
त्यसपछि पनि मन्त्रालयले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट नगई नेपाल आर्मीलाई औषधी र अन्य आवश्यक सामाग्री खरिदका लागि जिम्मा दिएपछि सरकार विधि, ऐन र कानून विपरित गतिविधि गरिरहेको र नागरिकको स्वास्थ्यमाथि पनि खेलबाड गर्दै अपारदर्शी ढंगले काम गरिरहेको भनि आलोचना हुँदै आएको थियो।
सोही विषयमा सार्वजनिक लेखा समितिमा परेको उजुरीबारे आइतबार समितिका सचिव रोजनाथ पाण्डेले स्वास्थ्य मन्त्रालयका सचिवलाई पत्र मार्फत सम्पूर्ण कागजान माग गरेका हुन्।
                        
                    
                प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    