प्रतिनिधि सभाको बैठक स्थगित
                        
                        
                                                
                                            
                        प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ ।
कोरोना भाइरसको त्रासका कारण यसअघि चैत ७ गते, १३ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो । कोरोनाको त्रास यथावत् रहेपछि शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
यसअघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो । कोरोनाको त्रासपछि मुलुकभरका अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेकाले बैठक स्थगित गरिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले बताउनुभएको छ । राष्ट्रिय सभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।
 
                        
                    
                 
                        प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    