प्रतिनिधिसभाको अर्काे बैठक चैत २३ गते
                        
                        
                                                
                                            
                        प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।
चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण चैत २३ गतेका लागि निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
कोरोना भाइरसको सम्भावित सङ्क्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको छ । सोही कारण बैठक बस्न नसक्ने भएकाले सभामुखले अर्काे बैठक चैत २३ गते बस्नेगरी निर्धारण गरेको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा उल्लेख छ ।
                        
                    
                प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    