सत्तापक्षकै नेताको भन्छन्ः प्रहरीकै संलग्नतामा गोकुल निवासमा विष्फोट भयो कि!
                        
                        
                                                
                                             
                                                
                        नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाको निवासमा भएको बम विष्फोटनमा नेपाल प्रहरीकै संलग्नताको आशंका व्यक्त गरेका छन्।
सत्तापक्षकै नेता अधिकारीले प्रतिनिधि सभाको बिहिबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा पूवं संचारमन्त्री बाँस्कोटाको घरमा बुधबार भएको बम विष्फोटनमा प्रहरीकै संलग्नता भएको आशंका मात्रै गरेनन् त्यसबारे तत्काल छानविन गरी अपराधीमाथि कानूनी कारबाहीको माग गरे।
https://www.facebook.com/himaldainik/videos/236138684094275/?t=7
‘हामीलाई पूर्वानुमान थियो भनेर नेपाल प्रहरीले भन्छ, माननीय सदस्य गोकुल बाँस्कोटाको भरमा विष्फोट भएको छ,’ अधिकारीले थप्दै भने, ‘यो पुलिसलाई पूर्वानुमान थियो भने, त्यो विष्फोटमा कोको संलग्न छन्? या पूर्वानुमान भएको पुलिस नै त संलग्न भएको त छैन?’
घटनाको विस्तृत छानविन गरी अपराधीलाई सख्त कारबाहीको माग समेत उनले गर
स्मरणीय छ, सत्ताको नेतृत्व गर्ने पार्टी र नेतृत्व स्वयं अधिकारीकै पार्टी नेकपाको बलियो सरकार छ जसले देशमा शान्ति, सुरक्षाको प्रत्याभूति दिएको दाबी गर्दै आएको छ।
उता सरकारका सबैभन्दा शक्तिशाली र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र जसलाई ओलीले सार्वजनिक रुपमै प्रतिभाको नमूनाका रुपमा चित्रण गरेलगत्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए।
त्यसपछिका दिनमा बाँस्कोटा मन्त्री छँदा बस्दै आएको प्रधानमन्त्री ओलीको बालकोटस्थित नीजि निवासमा बस्दै आएका छन्।
                        
                    
                प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    