चीनका लागि राजदूतमा सिफारिस पाण्डेबिरुद्ध उजुरी आव्हान
                        
                        
                                                
                                             
                                                
                        चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका महेन्द्रबहादुर पाण्डेविरुद्ध संसदीय समितिले उजुरी आव्हान गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले पाण्डेविरुद्ध कुनै उजुरी भए पेश गर्न १० दिने सूचना जारी गरेको हो । उजुरी आह्वानका लागि दिएको समय सीमाधित्र उजुरी परे उजुरीमाथि छानबिन गरेर समितिले प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सभापति कर्णले सुनुवाई समितिको प्रक्रिया अनुसार उजुरी आह्वान गरेको बताए ।
पाण्डे चीनसँगै मंगोलिया र उत्तरकोरियाका लागि पनि गैरआवासीय राजदूतमा सिफारिस भएका हुन् । फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएर नयाँ राजदूतमा पूर्वमन्त्री पाण्डेलाई सिफारिस गरेको थियो ।
                        
                    
                प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    