राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी
                        
                        
                                                
                                             
                                                
                        नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ ।
पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन् । सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गर्नुभएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
                        
                    
                प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    