संसद छलेर थपिएको विकास कर फिर्ता लिन सांसद बडुको माग
                        
                        
                                                
                                            
                        नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सरकारले संसदको अधिवेशन जारी रहेकैबेला सदनलाई छलेर पेट्रोलियम पदार्थमा विकास करलाई दोब्बर बनाएर जनतालाई थप मारमा पारेको आरोप लगाए।
शुक्रबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै नेता बडुले संसदलाई छलेर मन्त्रिपरिषदले पेट्रालियम पदार्थमा विकास करमा हालको पाँच रुपैयाँबाट बढाएर १० रुपैयाँ प्रतिलिटर कर बृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन पनि माग गरे।
साथै उनले नेपाल आयल निगमले विगतमा अन्तर्राष्ट्रिय बजार मूल्य बढ्दा नेपालमा पनि बढाउने र मूल्य घट्दा घटाउने अटो प्राइसिङको सिद्धान्त अपनाउने भनिएपनि अहिले जनतालाई छलेर अन्तर्राष्ट्रिय बजारमूल्य भन्दा थप ५ रुपैयाँ प्रतिलिटर असुल उपर गरिरहेको भन्दै यसरी जनतामाथि भएको शोषणको अन्त्य गर्न पनि माग गरे। उनले निगमले यसरी उठाएको रकमको पारदर्शीताको खोजी समेत गरे।
                        
                    
                प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    